७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पूर्व वडाध्यक्षको निधनपछि कनकाई नगरपालिकामा शोक बिदा



बिर्तामोड- झापाको कनकाई नगरपालिकाले आइतवार शोक बिदा दिएको छ । कनकाई १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधनपछि नगरपालिकाले शोक बिदा घोषणा गरेको हो ।

लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका पोखरेलको आइतवार बिहान ५२ वर्षको उमेरमा निधन भएको थियो । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै कनकाईले शोक बिदा दिएको हो ।

आइतवार एकदिनका लागि नगरपालिका कार्यालय र मातहतका वडा बन्द रहने गरी शोक बिदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार ००:००  ११ : १५ बजे