बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभारतमा अर्जुनले बाँण हान्ने बेलामा चराको आँखा देखेजस्तो अरु सबै विषय छोडेर मिसन ८४ को तयारीमा लाग्न एमालेका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनलाई बिहीबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको एक मात्र लक्ष्य २०८४ को चुनाव भएको बताउनुभयो ।…