बाढी आएपछि काभ्रेमा १७ जना मजदुर अलपत्र, ढुंगामा बसेर उद्धारको आश गर्दै बाढी आएपछि काभ्रेमा १७ जना मजदुर अलपत्र, ढुंगामा बसेर उद्धारको आश गर्दै
काभ्रे – बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् । नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी... बाढी आएपछि काभ्रेमा १७ जना मजदुर अलपत्र, ढुंगामा बसेर उद्धारको आश गर्दै

काभ्रे – बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् ।

नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । नमोबुद्ध मै डिप बोरिङ गरिरहेका दुईजना पनि रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको उहाँले बताउनुभयो ।