मौसम : केही समय खुले पनि फेरि पानी पर्ने मौसम : केही समय खुले पनि फेरि पानी पर्ने
काठमाडौं – उपत्यकासहित देशका विभिन्न भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले रातीदेखि पानी परिरहेको र दिनभरि नै झरि पर्ने अनुमान जल तथा... मौसम : केही समय खुले पनि फेरि पानी पर्ने

काठमाडौं – उपत्यकासहित देशका विभिन्न भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले रातीदेखि पानी परिरहेको र दिनभरि नै झरि पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार एकदुई घण्टा केही कम भएर मौसम खुलेपनि आज दिनभरी नै धेरै ठाउँमा झरी पर्ने अनुमान गरिएको छ । बुधबार राती काठमाडौंमा ८८ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो । मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।